२०८१ माघ ५ गते आइतवार | 2025 January 19th Sunday

ईलाका प्रहरी कार्यालय होलेरी रोल्पा द्वारा नागरिक सुनाइ कार्यक्रम सम्पन्न ।

समुदाय र प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय होलेरी रोल्पाको आयोजनामा नागरिक सुनाइ कार्यक्रम सम्पन्न गरिएको छ । आज आइतबार कार्यालय प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापतिको अध्यक्षतामा कार्यक्रम सुरु गरिएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु , राजनैतिक दलका प्रतिनिधिहरु , संघसंस्थाका प्रतिनिधिहरु , व्यवसायीहरु लगाएत पत्रकारहरु र प्रहरी कर्मचारीहरुको सहभागी थियो ।

त्यस लगत्तै कार्यालय प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापतीले आर्थिक बर्ष २०८०र०८१ को बार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

उहाँको प्रतिवेदन पेश प्रश्राद खुल्ला सुझाब संङ्कल अर्थात flower open को कार्यक्रम गरिएको थियो । flower open कार्यक्रममा सहभागीले आफ्नो सुझाव तथा गुनासोहरु राख्दै थोरै जनशक्तिका बाबजुद पनि शान्ति सुरक्षामा निरन्तर खटिएकोमा धन्यवाद व्यक्त समेत गरे ।

अन्त्यमा उपस्थितहरुको सुझाव तथा गुनासो लाई सम्बोधन गर्दै कार्यालय प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापतिले आफू लगाएत आफू मातहतका कर्मचारीहरुले २४ औं घण्टा निरन्तर जनताको सेवामा तत्पर रहने प्रतिवद्द गर्नुभयो ।

प्रकाशित मिति : २०८१ पुष १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस