नेकपा माओवादी वडा कमिटी अध्यक्ष सहित एमालेका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश ।
रोल्पाको रुन्टिगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष सहित नेकपा एमालेका कार्यकर्ताहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन ।
नेपाली कांग्रेस पार्टी कार्यालय होलेरीमा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरि पार्टी परित्याग गरि आएकाहरुलाई प्रवेश गराइएको हो ।
पार्टी प्रवेश हुनेहरुमा नेकपा माओवादी केन्द्र रुन्टिगढी गाउँपालिका वडा नम्बर ७ का वडा कमिटी सदस्य होम बहादुर रोका , वडा कमिटी सदस्य नरसिंङ रोका , नेकपा माओवादी वडा नम्बर २ का वडा कमिटी सदस्य प्रकाश पुन , नेकपा एमाले रुन्टिगढी गाउँपालिका वडा नम्बर ५ का वडा संगठन सदस्य नन्दराज थापा , वडा नम्बर ४ का तेज बहादुर पुन र सुबास दशौदी रहेका छन ।
पार्टि प्रवेश कार्यक्रममा नेपाली कांग्रेस रुन्टिगढी सभापति जनक पुनले उहाँहरुलाइ स्वागत तथा माल्यापन गरि पार्टी सदस्यता हस्तान्तरण गर्नुभएको छ भने अन्य नेताहरुले समेत स्वागत तथा माल्यापन गरेका छन ।
सभापति पुनले प्रवेश कार्यक्रम पछि अबका दिनहरुमा सशक्त ढङ्गले नेपाली कांग्रेस जनताको भावना र मर्म अनुसार काम गर्दै अघि बढ्ने बताउनु भयो । त्यस्तै उहाले पार्टी प्रवेश गर्नुभएको नवप्रवेशीहरुलाइ ढुक्क भएर जनताको पक्ष र काममा बढ्न समेत अनुरोध गर्नुभयो ।