रुन्टिगढी ९ नम्बर वडा द्वारा विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण ।
रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर ९ को कार्यालय सखीले वडा भित्रका अति विपन्न , गरिब र जेहेन्दार वर्गका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
मङ्गलबार वडा भित्र रहेका ८ वडा सामुदायिक बिद्यालायमा अध्यनरत ३८ जना विद्यार्थीहरुलाई लेख्ने कपि , झोला र ड्रेस वितरण गरेको अध्यक्ष चेतलाल खत्रीले जानकारी दिनुभयो ।
कार्यक्रम ८ वटा बिद्यालय बाट उपस्थित शिक्षकहरु , वडा प्रतिनिधि , कर्मचारी र विद्यार्थीहरुको उपस्थितिमा गरिएको थियो । भने शैक्षिक सामाग्री वडा अध्यक्ष चेतलाल खत्रीले हस्तान्तरण गर्नुभएको थियो ।
प्रकाशित मिति : २०८१ पुष २ गते बुधवार