२०८१ माघ ३० गते बुधवार | 2025 February 12th Wednesday

रोल्पामा रक्सी सेवन गरि आमालाई ब(लात्कार गर्ने छोरा पक्राउ ।

रोल्पाको त्रिवेणी गाउँपालिका वडा न। ५ मा आफ्नै आमालाई बलात्कार गर्ने छोरा पक्राउ परेका छन ।

आज राती करिव १२स्३० बजेको समयमा मदिरा सेवन गरेका अन्दाजी ३० बर्षका नाम परिवर्तित होलेरी ९०१० ले आफ्नै जन्मदिने अन्दाजी ५३ बर्षका आमा नाम परिवर्तित होलेरी ९००० लाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

नाम परिवर्तित होलेरी ९००० आफ्नै जन्मदिने छोराबाट बलात्कार भएपछि आफ्नै छोरीको घरमा पुगि छोरीलाई जानकारी गराएकी थिइन् , त्यसपश्चात छोरीले प्रहरी चौकी जुगारलाई खबर गरिन खबरपछि प्रहरीले छोरा नाम परिवर्तित होलेरी ९०१० लाई पक्राउ गरेको हो ।

पक्राउ परेका छोरा नाम परिवर्तित होलेरी ९०१० लाई अहिले ईलाका प्रहरी कार्यालय होलेरीमा राखी थप अनुसन्धान गरिरहेको र आमा नाम परिवर्तित होलेरी ९००० लाई स्वास्थ्य परिक्षणका लागि दाङ , घोराही पठाएको रोल्पा प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस