वडा अध्यक्ष द्वारा जनश्रमदान कार्यक्रम पार नलाएको भन्दै जनता आफै श्रमदानमा ।
रोल्पाको रुन्टिगढी गाउँपालिका वडा न। ५ मा वडा अध्यक्ष द्वारा जनश्रमदान कार्यक्रम पार नलागेको भन्दै जनता आफै श्रमदानमा जुटेका छन ।
शनिबार समाजसेवी देबेन्द्र नेपालीको अगुवाइमा स्थानीयले रुन्टिगढी ५ को हाप्खोला देखि आरुखुटी सम्म बाटो सरसफाइ तथा मर्मत कार्य सप्पन्न गरि श्रमदान गरेका हुन ।
अध्यक्ष गोविन्द बहादुर डागीले वडा अध्यक्ष द्वारा जनश्रमदान कार्यक्रम घोषणा गरे अनुरुप निरंतरता नभएको बताउदै कुनै स्टन्ट नगरी खुरु खुरु जनताका आवश्यकता अनुरुप कामगर्न नेपालीले अनुरोध गर्नुभएको छ । त्यस्तै बर्खायामको समयमा वडाका सबै बाटोहरु अस्तव्यस्त छन , उहाँ कहाँ हुनुन्छ रु उहाँको वडा अध्यक्ष द्वारा जनश्रमदान कार्यक्रम कहाँ पुग्यो रु हामिले किन त्यस्को अनुभती गर्न पाएनौ रु भनी गुनासो समेत गर्नुभयो ।
रुन्टिगढी गाउँपालिका ५ का वडा अध्यक्ष गोविन्द बहादुर डागीले केही महिना अघि आफुले हरेक शनिबार वडा अध्यक्ष द्वारा जनश्रमदान कार्यक्रम घोषणा गरि टोल टोल का जनता उठाइ त्यो वस्ती , टोलहरुमा भएका स(साना समस्याहरु समाधान गर्ने र शनिबारका दिन जनताका स(साना समस्या समाधान गर्नमा समय खर्चने बताएका थिए । तर पछिल्लो समय डागीले वडा अध्यक्ष द्वारा जनश्रमदान कार्यक्रम गर्न छाडेपछी जनता आफै श्रमदानमा जुटेका हुन ।