प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका एक कर्मचारी सामाजि संञ्जालमा गलत सुचना प्रभाह गर्दै ।

प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका बरिष्ठ ल्याव असिस्टेन कमल रेग्मीले सामाजिक संञ्जाल फेसबुक मार्फत त्यहाँको कार्यालयमा कार्यरत हे.अ सोमनाथ घर्ति मगर श्रावण ११ गते देखि सम्र्पकबिहिन भएको र कार्यालयको हिसाब मिलान गनुपर्ने भन्दैे गलत सुचना प्रभाह गरेको पाईएको छ ।
हिजो साझ रग्मीले प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका व्यबस्थान समितिका अदक्ष्य चेतलाल खत्री र प्राथमिक स्वास्थ्य केन्द्र होलेरी कै आधिकारिक फेसबुक अकाउन्टमा ट्टयाग गदै घर्ति हराएको सुचना दिएका हुन ।
यस बिषयमा प्राथमिक स्वास्थ्य केन्द्रको प्रशासनमा सोधपुछ गर्नजादा हराएका भनिएका हे.अ सोमनाथा घर्ति मगर गत १५ गते देखि २० गते सम्म अति आवश्यक काम परि ५ दिनका लागि दाङ जानपर्ने भएकाले बिदा माग गरेर गएको निबेदन छ । तर रेग्मीले उनि हराएको भनेका छन ।
त्यस्तै कार्यालयको हिसाब बारे निमित्त कार्यालय प्रमुख गणेश बुढा संग सोधपुछ गर्दा हराएका भनिएका हे.अ सोमनाथ घर्ति मगर संग कार्यालयले कुनै पनि हिसाब गर्नुपर्ने नभएको जानकारी दिए , उनले भने सामाजिक संञ्जालमा त्यसरी लेख्नु गलत हो ।
त्यस्तै सामाजिक संञ्जालमा हे.अ हराएको खबर प्रभाह गर्ने बरिष्ठ ल्याव असिस्टेन कमल रेग्मी संग कुराकानि गर्दा आफुले कुनै त्यस्तो गलत नगरेको तर पछि लेखाई र आन्तरिक हिसाबले अप्ठेरो पर्ने महसुस गरेपछि उक्त सुचना आफुले फेसबुक बाट हटाएको बताएका छन । तर हे.अ घर्ति हराएको कुरा सामाजिक संञ्जालमा लेखेर आफुले कुनै गल्ति नगरेको जिक्किर गरे , किन कसरी गल्ति भएन के तपाईले सामाजिक संञ्जालमा त्यसरी लेख्न मिल्छ भन्दा यसको जवाफ सम्बन्धित निकामा स्पष्ट पार्ने र थप कुराकानि नगर्ने भन्दै उठेर हिडे ।
उक्त बिषयमा रुन्टिगढी गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत सानुबाबु खड्का संग जानकारी लिदा हाल सम्म त्यस्तो कुनै कुराको जानकारी नआएको र यस बिषयमा छानबिन गर्ने बताउनु भयो ।
त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका व्यबस्थान समितिका अदक्ष्य चेतलाल खत्री ले सामाजिक संञ्जाल बाट त्यस बिषयमा जानकारी पाएको र त्यस बिषयमा सत्य तथ्य छानबिन गरी दोषिलाई गर्ने बताउनुभयो ।
यस बिषयमा हराएका भनिएका हे.अ सोमनाथ घर्ति मगर लाई थप जानकारीका लागि सम्र्पक गर्दा सम्र्पक भने हनु सकेको छैन ।