मदरसा अल सलफिया बिध्यालयको अभिभावक भेला सम्पन्न ।
रोल्पाको रुन्टिगढी गाउँपालिका होलेरीमा रहेको मुसलिम समुदायको मदरसा अल सलफिया बिध्यालयको अभिभावक भेला सम्मन्न भएको छ । कार्यक्रम जहिर महमद को अदक्ष्यता तथा लुम्बनी प्रदेश मदरसा बोर्डका उपादक्ष्य मौलाना मसुद खाँ को प्रमुख अतिथी अभिभावकहरु र पत्रकारहरुको उपस्तिथीमा गरिएको थियो ।
कार्यक्रममा मदरसा अल सलफिया बिध्यालय होलेरी २०७५ साल देखि सञ्चालनमा आएको उपादक्ष्य मौलाना मसुद खाँ ले जानकारी दिनुभयो । तर हाल सम्म यो बिध्यालय कोठा भाडामा संञ्चालन गर्दै आएको हुनाले अभिभावकहरुको आर्थिक सहयोगमा बिध्यालय भवन निर्माण गर्न लागेको बताउदै बिध्यालय दर्ता प्रक्रियाका लागि स्थानिय सरकार र सबैमा सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
उहाँले पत्रकारहरु संग कुराकानी गर्दै भन्नुभयो यो बिध्यालयमा बिसुद्घ धार्मिक शिक्षा दिने गरिन्छ , जुन शिक्षाले मुसलिम समुदायको धर्म र संस्कार जोगाउन निकै महोत्त्तव राख्द छ । त्यसैले यस बिध्यालयलाई दर्ता गर्नका लागि बिध्यालय परिवार स्थानिय सरकार कहाँ जान लागेको बताउदै सरकारले यस समुदायको धर्म र संस्कार जोगाउन महत्त्तवपुर्ण भुमिका खेल्ने अपेकक्षा गरेको बतानुभयो ।
त्यस्तै उपस्तित अभिभावकहरुले समेत मदरसा अल सलफिया बिध्यालय होलेरीलाई स्थानिय सरकारले बैधानिकता दिने कुरामा विश्वास गरेको बताए ।