२०८१ मङ्सिर २४ गते मङ्गलवार | 2024 December 10th Tuesday

कपुरकोट गाउँपालिकाले वडा नम्बर १ मा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्पन्र गर्यो ।

कपुरकोट गाउँपालिकाले वडा नम्बर १ मा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्पन गरेको छ । वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम अन्तर्गत आज कपुरकोट गाउँपालिकाको वडा नम्बर १ मा ६० बर्ष माथिका दलित जेष्ठ नागरिक, ६८ बर्ष माथिका जेष्ठ नागरिक अन्य , पुर्ण अपांगता भएका तथा अति अशक्त अपांगता भएका लाभग्राहिहरुलाइ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

वार्ड न १ का वार्ड सदस्य श्री अनिता पुनको सहभागीतामा भत्ता वितरण कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाईका कर्मचारीहरु ज्योती बिकास बैंक लि. कपुरकोट शाखाका कर्मचारि , सुरक्षाकर्मी , गाउँ प्रहरी बल तथा स्थानियहरुको सहभागिता थियो ।

बैंक सम्म पुगेर सामाजिक सुरक्षा भत्ता बुझेर ल्याउन जेष्ठ नागरिक , अपांगता भएका लाभग्राहिहरुलाइ समस्या हुने भएपछी गाउँपालिकाले बैंक संगको सहकार्यमा वडास्तरबाट नै भत्ता वितरणको प्रवन्ध मिलाएको छ ्र यस कार्यक्रम बाट आज वडा नम्बर १ मा ६० बर्ष माथिका दलित जेष्ठ नागरिक , ६८ बर्ष माथिका जेष्ठ नागरिक अन्य , पुर्ण अपांगता भएका तथा अति अशक्त अपांगता भएका ८९ जनालाई भत्ता वितरण गरेको कपुरकोट गाउँपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ साउन २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस