रुन्टीगढी गाउँपालिका वडा नं ४ सुर्पालमा हाटबजार सञ्चालन , वडा नं ४,३,२ र १ का किसान र्हसित ।
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ , ३ , २ र १ का किसानलाई मध्यनजर गरी हाटबजार सञ्चालन गरिएको छ ।
गत बर्षबाट मुख्य व्यापारीक केन्द्र होलेरीमा सञ्चालन गरिएको हाटबजार सफल पछि वडा नं ४ को सुर्पालमा अर्को हाट बजार सुरु गरिएको हो ।
रुन्टीगढी गाउँपालिका , रुडास नेपाल र गोल परियोजना लगायत बिभिन्न गैर सरकारी संघ संस्थाको सहकार्यमा हाटबजार सञ्चालन गरिएको हो ।
हिजो शनिबारबाट सुरु भएको हाटबजार प्रत्येक हप्ताको बुधबार र शनिबार दुई दिन लाग्ने भएको छ , रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले कृषि उपजको तौल गरी हाटबजारको उद्घाटन गरेका हुन ।
हाट बजार उद्घाटन भएपछि वडा नं ४ , ३ , २ र १ का किसान निकै र्हसित भएका छन , किन की आउने दिनहरुमा तरकारी बिक्रिका लागि होलरी धाउने कुराको अनत्य भएको छ ।
प्रकाशित मिति : २०८१ असार ३० गते आइतवार