२०८१ मङ्सिर २४ गते मङ्गलवार | 2024 December 10th Tuesday

होलेरी , घोराही सहिद मार्ग सडक खण्ड पुर्ण रूपमा अवरुद्ध ।

पहिरोका कारण रोल्पाको सहिद मार्गको होलेरी हुदै घोराही सडक खण्ड पुर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक दाङ जिल्लाको दुइखोली , च्यान गैरा लगायतका विभिन्न स्थानमा ठुलो पहिरो जादा गएराती देखी नै अबरुद्ध भएको अस्थाई प्रहरी चौकी दुईखोलीले जानकारी दिएको छ।

उक्त सडक खण्डको विभिन्न स्थानमा सडकको माथी बाट पहिरो झरेर , लेदो बगेर सडक अनरुद्ध भएको र पहिरो हटाउनका लागि एउटा मात्र सानो डोजरले काम गरिरहेको कारण पहिरो हटाउने कार्य ढिलाइ भएको र पहिरो हटाउन दिनभर समय लाग्न सक्ने स्थानीयले बताएका छन्।

सडक अबरुद्ध हुदा हिजो देखि नै रोल्पा , रुकुम , प्युठान , दाङ जाने सवारी साधनहरु बीच सडकमै रोकिएका छन् ।

प्रकाशित मिति : २०८१ असार २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस