कपुरकोट गाउँपालिकामा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।
सल्यानको कपुरकोट गाउँपालिकामा सार्बजनिक सुनुवाई कार्यक्रम संचालन गरिएको छ । गाउँपालिकाबाट आर्थिक बर्ष २०८०।०८१ मा भए गरेका सेवा प्रबाह तथा बिकास निर्माणका बारेमा बार्षिक सार्बजनिक सुनुवाई कार्यक्रम संचालन गरिएको हो ।
गाउँपालिकाले एक बर्षको अवधीमा प्रबाह गरेको सार्बजनिक सेवा संगै बिकास निर्माण,शिक्षा,स्वास्थ्य, कृषि,तथा लक्षित समुदायका लागि संचालन गरिएको कार्यक्रमका बारेमा प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी गराउँदै गाउँपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने बताउनुभयो ।
गाउँपालिकाको आयोजना तथा नागरिक सुचना केन्द्र सल्यानको सहजिकरणमा भएको सार्बजनिक सुनुवाई कार्यक्रममा सहभागि भएका बिभिन्न तह र तप्काका ब्यक्तिहरुले पालिकाबाट भएका राम्रो कामको प्रशंसा गर्दै गाउँपालिकाको शैक्षिक सुधारलाई ध्यान दिनु पर्ने,कपुरकोट बहुमुखी क्याम्पस संचालनका लागि सहयोग गर्नु पर्ने,कृषि एम्बलेन्स सञ्चालनका लागि कार्यबिधि बनाउनु पर्ने,किसानहरुले एकिकृत कृषि हाट बजारबाटै सहज रुपमा तरकारी बिक्रि गर्ने सहज बाताबरणको सृजना गर्नु पर्ने,उत्पादनमा आधारित दिइने अनुदान के मा दिन लागिएको हो किटान गर्नु पर्ने लगायतका सुझाब दिएका छन् ।
यस्तै गाउँपालिकाबाट आयोजना गरिने तालिम गोष्ठी लगायतका कार्यक्रमलाई न्यून गर्दै भौतिक पूर्बाधार बिकास तर्फ ध्यान दिनु पर्ने,पालिकाबाट भएका योजनाको मात्रै नभई केन्द्र तथा प्रदेश सरकारबाट संचालन गरिएका योजनाको प्रभाबकारी अनुगमन गर्नु पर्ने,यस अघि सम्पन्न गरिएका योजनाको संरक्षण र संचालनका लागि ध्यान दिनु पर्ने लगायतका सुझाब दिएका थिए भने शिक्षा, स्वास्थ्य , कृषि, खानेपानी, लक्षित वर्गको कार्यक्रम र बजेट लगायतका विषयमा गुनासो राखेका थिए ।
सहभागिहरुबाट उठेका सवालको जबाफ दिदैं गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले पालिकाबासीबाट आएका सल्लाह सुझाब अनुसार नै निति तथा कार्यक्रम बनाएर काम गर्ने गरेको बताउनु भयो ।
उहाँले भन्नु भयो– “गाउँपालिका सबैको अभिभावक हो, हामीले वार्षिक कार्यक्रम तथा बजेटको पुस्तक निकालेका छौँ, सो अनुसार काम भए नभएको अनुगमन गर्नु होला ।”पालिकाले बनाएको योजना अनुरुप काम भए नभएको हामीलाई निरन्तर सुझानुहोस् हामी सच्याउन सधै तयार छौ ।
यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले आफुहरु पालिकाको बिकास र सम्बृद्धिका लागि अहोरात्र खटेको बताउनु भयो । उहाँले भन्नु भयो– “आफुहरुको पहिलो लक्ष्य भनेको गाउँपालिकामा सुशासन कायम गर्नु हो” हामीले हरेक योजना कार्यान्वयन गर्दा ऐन कानुनलाई आधार बनाई जनताको चाहना अनुसार काम गर्ने गरेका छौ । जसका कारण कपुरकोट गाउँपालिका नया अभ्यास गर्ने र योजना सफल कार्यान्वयन गर्नेमा कपुरकोट गाउँपालिका अग्र स्थानमा छ ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले कर्मचारीको भुमिकाबाट जनतालाई प्रदान गरिने सेवा प्रबाहमा कुनै कमजोरी नगर्ने बताउनु भयो । उहाँले भन्नु भयो–‘कुनै कर्मचारीले काम नगरेमा, बजेट कार्यन्वयन नगरेमा, तपाईहरूलाई समस्या सिर्जना गरेमा प्रमुख प्रसाशकीय अधिकृतलाई भन्नुस्, त्यहाँबाट पनि पार नलागेको अध्यक्षलाई भन्नुुस आगामी दिनमा संवोधन गर्ने र कमजोरीहरू सच्याउने अवसर मिल्दछ ।