रोल्पामा एका बिहानै मिनी ट्रक दुर्घटना , चालकको घटाना स्तलमै मृत्यु ।
रोल्पाको रुन्टीगढी गाउँपालिका वडा न. ६ को स्यालास्थित सावडाँडादेखि डुब्रिङ हुँदै होलेरी जोड्ने भित्री सडक खण्डमा गएराति करिब १० बजेतिर रा १ ख २१६१ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक ३२ बर्षीय महेष थापाको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीले मध्यराति ११ बजेपछि दुर्घटनाबारे सूचना पाएको थियो । सुचना पछि घटना स्तलमा प्रहरी निरीक्षक देवीप्रसाद गैरेको नेतृत्वमा बिहान २ बजे टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार उकालो बाटोमा गाडी मोड्न खोज्दा अचानक ब्याक हुन गइ ५० मिटर तल पुगेको थियो।
दुर्घटनामा ८ वर्षीय बालक सुजन रावत घाइते भएका छन् । उनको टाउको ढाडमा चोट रहेको र उनलाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार पछि घर पठाइएको छ ।
चालकको शव गाडी फेला परेको ठाउँ भन्दा झन्डै ३ मिटर टाढा फेला परेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८१ असार २६ गते बुधवार