रोल्पामा एम्बुलेन्स नपाउदा उपचार गर्न नपाई जय बहादुरको मृत्यु ।
रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर ५ सैबाङ का ५४ बर्षका जय बहादुर दमाइले सडक अबरुद्ध र राम्रो स्वास्थ्य उपचार उपलब्ध नहुदा ज्यान गुमाएका छन । दमाइलाइ हिजो बिहान एक्कासी प्रेसरले हानेपछी व्यहोस भएका थिए ।
व्यहोस उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा ल्याएको तर उपचार सम्भव नभएपछि स्वास्थ्य केन्द्रले विरामीलाई दाङ , घोराही रेफर गरेको थियो ।
विरामी रेफरपछि परिवारले दाङ लैजान एम्बुलेन्स , गाडी खोज्दा नपाएको र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीलाई दाङबाटै भएपनी एम्बुलेन्स बोलाइदिन आग्रह गर्दा समेत वास्था नगरेको परिवारको गुनासो छ । त्यस्तै चारैतिर बाटो बन्द भन्ने खबर प्राप्तपछी घर फर्काएको र घर पुर्यापछी उनको करीब राती ९ बजेको समयमा मृत्यु भएको छोरा बिरमनी नेपालीले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ असार २३ गते आइतवार