२०८१ माघ ५ गते आइतवार | 2025 January 19th Sunday

रुन्टीगढीका ५८० घरधुरीलाई ब्ल्याङ्केट तथा ९ क्लबलाई खेलकुद सामग्री

समृद्ध रोल्पा फाउन्डेसनले रोल्पाको रुन्टीगढी गाउँपालिकामा न्यानो कपडा तथा खेलकुद सामग्री वितरण गरेको छ । फाउन्डेसनले शुक्रबार होलेरीमा रहको जलजला होटेलमा एक कार्यक्रमको आयोजना गरी रुन्टीगढी गाउँपालिका अन्तर्गत रहेका ९ वटै वडामापर्ने गरिब निम्न बर्गका मानिसहरुलाई जाडो छल्न ब्ल्याङ्केट र क्लबलाई खेलकुदका सामग्री वितरण गरेको हो ।

फाउन्डेसनका अध्यक्ष पुर्ब सभामुख ओनसरी घर्तीको अध्यक्षता र नेकपा माओवादी केन्द्रका उपमहासचिव माननीय बर्षमान पुन (अनन्त) माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा रुन्टीगढी गाउँपालिका इन्चार्ज गोबिन्द पुन (नजर), माओवादी केन्द्र रुन्टीगढीका अध्यक्ष जगत घर्ती, वडा नं ७ अध्यक्ष टेकलाल पुन, ८ नं अडा अध्यक्ष तुल्सी पुन, २ नं वडाका अध्यक्ष भिउलाल पुन, सुरक्षाकर्मी, पत्रकारहरुको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा ब्ल्याङ्केट मात्र नभएर युवा विद्यार्थीहरुका लागि खेलकुद सामग्री जस्तै भलिबल, नेट,पम्प लगाएका सामग्री वितरण गरिएको हो । रोल्पाका ७२ वटा वडाका एक-एक क्लबलाई खेलकुद सामग्री दिने र रुन्टीगढी, लुङ्ग्री र सुनछहरी गाउँपालिकालाई न्यानो कार्यक्रम अन्तर्गत ब्ल्याङ्केट वितरण गरिने नेता पुनले बताए ।

यस फाउन्डेसनले पहिले पनि सहिद मङ्गले बुढाको जेलबाङ्गमा घर बनाइसकेको र रोल्पामा द्वन्द्वमा परि सहिद भएका करिब १००० घरधुरी मध्य ६५० वटा घर फुसका छानामा जस्ता पाता हालिसकेको केही विद्यार्थीलयलाई कम्प्युटर लगायतका शैक्षिक सामाग्री वितरण गरिसकेको जानकारी समेत दिए ।

आगामी दिनमा दुर्गम ठाउँहरुमा स्वास्थ शिविर संचालन, विद्यालयहरुमा भौतिक पुर्वाधार, शैक्षिक सामाग्री उपलब्ध गराइनुका साथै रोल्पाको समृद्धिका लागि थुप्रै योजनाहरु ल्याईने बताएका हुन् । रोल्पालिले जिताएर पठाइएका पुनले आम मतदातालाई धन्यवाद दिदै उक्त कार्यक्रम जन भेटघाटको वातावरण सम्म भएको बताएका हुन ।

रुन्टिगढी गाउँपालिकाका करिब ५८० घरधुरी र ९ वटा क्लबलाई खेलकुद सामग्री वितरण गर्ने समृद्ध रोल्पा फाउन्डेसन पुर्ब सभामुख ओनसरी घर्तीको अध्यक्षतामा संचालन रहेको छ । घर्तीले यो फाउन्डेसन कुनै नाफामुखी नभई रोल्पाको समृद्धिका लागि बनेको र राजनीति भनेको समाजसेवा भएकोले हरेक कोसिस गरेको उनले बताएकी छ्न् ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य गोबिन्द पुनको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रम समद्धि रोल्पा फाउन्डेसनका सदस्य जीवन रोकाले संचालन गरेका थिए भने पुर्ब सभामुख तथा फाउन्डेसनको अध्यक्ष ओनसरी घर्तीले समापन गरेकी हुन्।

प्रकाशित मिति : २०७९ पुष ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस