सैवाङ साना किसान कृषि सहकारी संस्था लि. को ११ औं बार्षिक साधारण सभा सम्पन्न ।
बिरेन्द्र घर्ती
रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर ५ सैवाङमा सैवाङ साना किसान कृषि सहकारी संस्था लि. को ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रमको सभापति विष्णु बस्नेत ,प्रमुख अतिथी रुन्टिगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोविन्द बहादुर डागी तथा विशिष्ट अतिथि वडा सदस्य नन्दलाल बस्नेत , दलित महिला वडा सदस्य लक्ष्मि नेपाली र पुर्व वडा सदस्य गिता दशौदी , वडाका अन्य कर्मचारी , नेकपा माओवादीका पार्टि प्रतिनिधि राम बहादुर घर्ती , नेकपा एमाले राष्ट्रिय युवा संघ प्रतिनिधि ओम दशौदी , पत्रकार लगाएत अन्य सैबाङ साना किसान सहकारी संस्था लि. का सदस्यहरुको उपस्तिथि रहनुभएको थियो ।
कार्यक्रम प्रमुख अतिथि रुन्टिगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोविन्द बहादुर डागीको मन्तव्यबाट सुरु भएको थियो , वडा अध्यक्ष डागी ले वित्तय संस्थाहरुले यहाँका नागरिकहरुलाई सेवाको साटो मारमा पार्ने काम गरेको बताउनु भयो । साथै यहाँको स्थानिय संस्था ले नागरिकलाई सेवा दिदै आएको,ले धन्यवाद व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा ११ औं बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सैबाङ साना किसान संस्था लि. का सह-प्रवन्धक शारदा दशौदी ले हाल सम्म संस्थाको महिला सदस्य जम्मा ३३२ , पुरुष सदस्य २० , समूह संख्या ८५ , अन्तरसमुह संख्या १५ , संचालक समिती ७ , लेखा समिती ३ र संस्था कर्मचारी २ जना भएको बताउनु भएको थियो । साथै दशौदि,ले संस्थाको सेयर रकम जम्मा २४७९३२० , निक्षेप बचत ८६२४२८० , जगेडाकोष ६२८१२८६ , जोखिम कोष १८२२६७ , ऋण लगानीमा १६३४५६२७ , सम्पती सामान ५५३६३ रहेको बताउनु भयो । दशौदी,ले हाल सम्म जम्मा आम्दानी ४०४८८६३ रहेको साथै जम्मा खर्च १३६६७७८ भएको र हाल सम्म संस्थालाई २६८२०८५ रुपैयाँ नाफामा रहेको समेत प्रस्तुत गर्नुभएको थियो ।
उक्त ११ औं साधारण सभा,ले ११ जना सहित नयाँ समिती समेत चयन गरेको छ । जसमा अध्यक्ष बिष्णु बस्नेत , उपाध्यक्ष तिला भण्डारी सदस्यहरु कृष्णी बि.क , पार्वती पुन , सीता थापा , कमला वलि , कृष्णी दशौदी , तेजवती भण्डारी , पिउमाली बाठा , रिमा बहकरी , श्याम कुमार घर्ती रहनुभएको छ । त्यस्तै लेखा समितिमा यामकुमारी दशौदीको संयोजकमा २ जना सदस्य मधु बुढा , खिमा दशौदी समेत चयन गरेको छ ।
कार्यक्रमको संचालन भने सैबाङ साना किसान संस्था लि . का प्रवन्धक वागमती दशौदी गर्नुभएको थियो भने कार्यक्रमको समापन कार्यक्रमका सभापति बिष्णु बस्नेत,ले गर्नुभएको थियो ।