२०८१ माघ ५ गते आइतवार | 2025 January 19th Sunday

भीरबाट लडेर एक जनाको मृत्यु !

बिरेन्द्र घर्ती

रोल्पामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका ५ पोबाङका ४२ वर्षीय हिकलाल पुनमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाकारी दिएको छ ।बिजुलीको तार तान्ने काम गरी घर फर्कदै गर्दा कालीहाङ भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शवलाई पोष्टमार्टमको लागि रोल्पा अस्पताल रेउघामा लगिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस