रुन्टिगढी ५ को वडा स्थरीय आधारभुत विद्यालय खेलकुद कार्यक्रम भिमसेन मा.वि मा सम्पन्न ।
बिरेन्द्र घर्ती
रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर ५ को वडा स्थरीय आधारभुत विद्यालय खेलकुद कार्यक्रम भिमसेन मा.वि सैवाङमा सम्पन्न भएको छ । उक्त कार्यक्रम आधारभुत विद्यालयका विद्यार्थीहरुको खेलकुद क्षेत्रमा क्षेमता विकाश गर्ने उदेश्यले वडा ५ को कार्यालय दुविडाडा ले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा छात्रा र छात्रहरुको १०० मिटर डौड प्रतियोगिता साथै भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । साथै कार्यक्रममा भिमसेन मा.वि सैवाङ , गणेश मा.वि धौलवाङ , चन्द्रोदय आ.वि जस्पुर , बालकल्याण प्रा.वि हाप्खोला का विद्यार्थीहरु सहभागी भएका थिए ।
कार्यक्रममा रुन्टिगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोविन्द बहादुर डागिको अध्यक्षता तथा रुन्टिगढी गाउँपालिका शिक्षा शाखा प्रमुख अन्जु शर्माको प्रमुख अतित्यथा , वडा सदस्य , वडा कर्मचारी र शिक्षक शिक्षिकाहरुको उपस्थितिमा कार्यक्रम सुरुभएको थियो भने उक्त कार्यक्रमको सहजीकरण वडा नम्बर ५ का वडा सचिव भागवत घिमिरे ले गर्नुभएको थियो ।