रुन्टिगढी गा.पा वडा न. ९ द्वारा लाकुरीधारा देखि रुन्टिसम्म हिड्ने यात्रुलाई सावधान हुन अनुरोध ।
बिरेन्द्र घर्ती
रुन्टिगढी गाउँपालिका वडा न. ९ को कार्यालय सर्पाल ले लाकुरीधारा देखि रुन्टीसम्म हिड्डुल गर्ने सबैमा सावधान हुन अनुरोध गरेको छ ।
वडा न. ९ ले साविक सखी ३ नम्बर लाकुरीधारा देखि पलासिनी सम्मको मोटरबाटो र खर्सेदेखी रुन्टिसम्मको मोटरबाटोमा निर्माण कार्य भैरहेकोजानकारी गराउदै सावधान हुन अनुरोध गरेको हो ।
विज्ञपतिमा भनिएको छ उक्त कार्यवाट योजना स्थल वरपर ढुङ्गा ,माटो खसाउदा मानिस लगाएत वस्तु चौपायाहरुलाइ चोटपटक लाग्न सक्ने भएको हुँदा खतरा रहेका ले समयमै सावधान भइ हिड्डुल गर्नुहुन सम्बन्धित सम्पुर्ण सरोकारवालाहरुको लागि यो सुचना प्रकाशित गरिएको छ ।
प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार