घोराही होलेरी सडक खण्ड DPR संबंधी अन्तरक्रिया कार्यक्रम होलेरिमा संपन्न
प्रेम क्षेत्री
रोल्पा पौष २२ शुक्रबार होलेरिको जंगल रिसोर्टमा विभिन्न राजनैतिक दल, बुद्धिजीवी, सरोकारवाला, संबंधित संघ प्रदेश तर्फका माननिय लगायत उद्योगि,सडक बिभाग, सुरक्षा निकाय, पत्रका हरुको सहभागितामा सहिदमार्ग अन्तर्गत पर्ने घोराही – होलेरी सडक खण्डको बिस्तृत परियोजना प्रतिबेदन ( DPR ) तयारी संबन्धमा अन्तरक्रिया छलफल कार्यक्रम संपन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्य रोल्पा जिल्ला प्रतिनिधि सांसद इश्वरी जि.एम. लुम्बिनी प्रदेश सांसदहरू दिपेन्द्र कुमार पुन ( सिजल ), राजु खनाल, यमुना रोका ( तामाङ ) उपमहानगरपालिका घोराहीको मेयर नरुलाल चौधरी, रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन, त्रीवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगर, जिल्ला प्रशासन कार्यालय प्रमुख हिरालाल रेग्मी, प्र. अ. अ. घोराही चिरञ्जीवी बुढा मगर,प्रमुख कोष नियन्त्रक कोलेनिका रोल्पा रमेश घिमिरे लगायत विभिन्न राजनैतिक नेतृत्वहरुको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा सहिदमार्ग विशेषगरि घोराही- होलेरी सडकले दिएको सास्ती, यहाँको भु- बनावट र औद्योगिक प्रयोजनका चुन ढुङ्गा खानिहरु रुन्टिगढिमा पर्ने हुँदा सम्रात र सोनापुर सिमेन्टका टिप्पर हरुले सडकको उचित क्षमता भन्दा बेसि लोड बोकेकै कारण सहिदमार्ग सहिदजस्तै बनेको स्थानीयहरुले आरोप लगाउदै आएतापनी पहिलो जेभी कम्पनिको लापरबाही र बेवास्ता गरेकै कारण बिषय अदालतसम्म पुगेको हो ।
पहिलो प्रक्रिया रद्द गरिएको छ, भने बिषय अझै टुङ्गिएको छैन । अझै सम्मानित उच्च अदालत पाटनमा मुद्दा बिचाराधिन रहेको छ । घोराही होलेरी हुँदै तिला थवाङ रुकुमको मैकोट सम्म पुगेको सहिदमार्गले चाईना भारत जोड्ने लक्ष लिएको छ । हाल बिकराल रुपमा देखिएको घोराही होलेरी करिब ३१.५ किमि सडकको लामो समय पर्खिन नपर्ने जनदबाब र स्थानीय नेतृत्वहरुलाई पिरोलिरहेको जवाफ यहि सडक बन्दै गयो । माननीय दिपेन्द्र पुनले राजनैतिक दल जनप्रतिनिधि , निर्माण व्यावसायि,मेनपावर सबैलाई ठगीको नजरले जनताले एउटै आँखाबाट हेरेको र तपाईं के गर्नुहुन्छ भन्ने प्रश्न आँछ्न राजनीति गर्छु भन्न पनि लाज लागेको उनले बताए ।
यसको दीर्घकालीन हल गर्नको लागि दीर्घकालीन योजना बनाउनेपर्ने उनको भनाई थियो । माननीय राजु खनाल, ईश्वरि जिएमले पनि एमुना रोका लगाएतले पनि सडक अवस्था समाधानका लागि बैकल्पिक औद्योगिकमार्ग स्थापना गरिनुपर्ने या सडकको स्थर भारबाहन क्षमता उच्छ हुनुपर्नेमा जोड दिए । खनालले काम थोरै गरौ तर दीर्घकालीन टिक्नेगरी काम गरौ । त्यसैगरी उपमहानगरपालिका मेयर चौधरीले इन्डियन कम्पनीलाई ठेक्का दिदा घोराही तुलसीपुर सडकले सोही समस्या भएकोले फेरि इन्डियन कम्पनीनै पर्ने होकी संका गरे , उनले भने बिगतमा बंगालाचुली र रुन्टिगढिले घोराहीलाई मात्र दोष दिँदा मैले भने रोयल्टी तिमी खाने दोष मैले लिने ? यो सबैको साझा सवाल भएकोले सबै जिम्मेवार हुनुपर्छ । देश आर्थिक समृद्धिका लागि उद्योग चल्नुपर्छ त्यसकालागी उत्खनन गर्नैपर्छ । तर सहज र परिणाममुखी कसरी बनाउने भन्नेमा हामी सबै जिम्मेवार बन्नुपर्ने उनले बताए ।
कार्यक्रमको बिषयबस्तु, समस्याका कारण,सहिदमार्गमा भैरहेका कामको जानकारी र आगमी योजनाको बारे आयोजना प्रमुख पवन भट्टराईले जानकारी दिए संगै सम्पूर्ण सरोकारवालाहरुले आ- आफ्ना धारणा व्यक्त गरेका थिए । घोराही होलेरी सडक योजना लेखा अधिकृत दिनेश थापाको स्वागत मन्तव्य बाट सुरु भएको उक्त कार्यक्रम इन्जिनियर सुमन सुवेदीले संचालन गरेका थिए भने कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारि नवराज सापकोटाले दीर्घकालीन योजनाका साथ DPR तयार हुनुपर्ने भन्दै कार्यक्रमको समापन गरेका हुन।