२०८० जेष्ठ १८ गते बिहिवार | 2023 June 1st Thursday

ट्रान्सर्फमर आएकाे ३ वर्ष बित्दा समेत विद्युत बलेन , कर्मचारी देखि हाकिम सम्म मुख दर्शक ।

तेजवीर बि.सि

राेल्पा रुन्टिगढि गाउँपालिका वडा न. २ उमा साविक जाैलीपाेखरी ९ मा विद्युत विस्तार मा निकै ढिलाइ भएकाे छ । २०७६ मा ट्रान्सर्फमर राेल्पा बिद्युत प्राधिकरण का हाकिम श्याम शर्मा ले ठेकेदार धर्म बुढाथोकी काे जिम्मामा पठाएको विद्युत ट्रान्सर्फमर अहिलेे का हाकिम शम्भु मण्डल लाई चार्ज गर्न भनेर बारम्बार स्थानीय ले झस्काउदा पनि कुनै व्यवस्था नगरेको र हुन्छ हुन्छ भन्दै सेवाग्राहीलाई आश मात्र देखाउदै आएका छन ।

त्यहाँ पाेल र ट्रान्सर्फमर अस्तव्यस्त छरपस्ट पारिएको छ । उक्त लाइन चार्ज गर्न २० पाेल करण ठेकेदार काे जिम्मा रहेकाे पाेल त गाडिएको छ तर तार किन आएन भनी स्थानीयले ठेकेदारलाई सोधपुछ गर्दा जिल्ला विद्युत बाट नै उपलब्ध नभएकाे उनले बताएका छन ।

त्यस्पछी अालाेचना गरिरहेकाे छ ट्रान्सर्फमर ५० केभी हाे स्थानीय जनता विद्युत आउने आशा मा वर्षाै भइसक्दा पनि निराशा तिर धकेलिएको स्थानीय गुनासो र आलाेचना रहेकाे देखिन्छ ।

प्रकाशित मिति : २०७९ पुष २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस