ग्लोबल आइएमइ बैंक ले १६ औं बार्षिक उत्सवको अबसरमा निशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न गर्यो ।
बिरेन्द्र घर्ती
रोल्पाको रुन्टिगढी गाउँपालिका होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा एकदिने निशुल्क प्रजनन महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त कार्यक्रम ग्लोबल आइएमइ बै.क को १६ औं बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको हो । निशुल्क प्रजनन महिला स्वास्थ्य शिविरमा नेपाल परिवार नियोजनको प्राविधिक टोलि उपस्थित थियो ।
स्वास्थ्य शिविरमा ७० / ७५ बर्ष देखि २० बर्ष सम्मका महिलाहरुले सेवा लिएका थिए । उनिहरुले ग्लोबल आइएमइ बैं.क ले महिलाहरुको लागि निकै सरानिय काम गरेको बताएका छन । एक महिला सेवाग्रहिले भनिन्न हामी जस्ता महिलाहरुको लागी निशुल्क चेकजाँच तथा उपचार हुदा समय र पैसाको बचत भएको बताइन । त्यस्तै रुन्टिगढी गाउँपालिका वडा न. ९ सखी कि ७४ बर्षिया रति डागी ले भन्नुभयो आफू नेपाल देखि इन्डिया सम्म आफ्नो समस्याको उपचार गर्न पुगेको तर समस्या समाधान नभएको बताइन , आज यसरी आफ्नो समस्याको निशुल्क चेकजाँच तथा उपचार गर्नपाउदा निकै खुशी भएको बताउदै ग्लोबल आइएमइ बैंक लाई धन्यवाद दिन ।
कार्यक्रम शाखा प्रवन्धक ने.प.नि संघ दाङ का वसन्त खनाल,को अध्यक्षता र प्रमुख अतिथि नवनिर्वाचित संघीय सांसद इश्वरी जि.एम , विशिष्ट अतिथी रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन , अतिथी रुन्टिगढी गा.पा वडा न . ९ का अध्यक्ष चेतलाल पुन , स्वास्थ्य संयोजक गणेश बुढा , शाखा प्रवन्धक हिमाल पौडेल , प्राथमिक स्वास्थ्य केन्द्र होलेरी मे.अ डा : एकता गिरि , प्र.ना.नि नारायण जि.सि ईलाका प्रहरी होलेरी , होलेरि वजार व्यवस्थापन समितिका अध्यक्ष होम यरि र नेपाल परियोजनाका टिम , होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका टिम , पत्रकारहरु , उपस्थितिमा उट्घाटन गरिएको थियो ।
उक्त कार्यक्रम रुन्टिगढी गा.पा वडा न .९ का अध्यक्ष साथै स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष चेतलाल खत्रीको स्वागत मनत्व्यबाट सुरु भएको कार्यक्रम स्वास्थ्य संयोजक गणेश बुढा , विशिष्ट अतिथि गा.पा अध्यक्ष जनक पुन , प्रमुख अतिथि प्रतिनिधि सांसद इश्वरी जि.एम पछि कार्यक्रमका अध्यक्षता गर्नुभएका शाखा प्रवन्धक ने.प.नि संघ दाङका वसन्त खनाल,ले समापन गर्नुभएको थियो ।