रुन्टिगढी गा. पा वडाँ न २ गोरिनेटा मा आज जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न ।
चेतमान बांठा
रोल्पाको रुन्टिगढी गां. पा वडाँ न २ गोरिनेटा मा आज जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । रुन्टिगढी गाउँपालिका वडाँ न. २ का वडाँ अध्यक्ष भिउलाल पुन अध्यक्षता तथा वडाँ न. २ का वडाँ सचीव रमेश वलिको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वलिले जेष्ठ नागरिक हरु देशको अभिभावक रहेकोले हरेक क्षेत्रबाट सम्मान गरिनु पर्ने बताउनु भयो । साथै अब आउने दिनमा जेष्ठ नागरिकहरुको लागि थप नया योजना ल्याई सहयोग र सम्मान गर्ने आफु प्रतिबद्ध रहेको बताउनु भयो ।
कार्यक्रम मा १५ जना जेष्ठ नागरिक हरुलाई दोसल्ला र फुलमाला लाई सम्मान गरिएको थियो भने बढ्दो जाडोबाट बच्न ब्ल्यांकेट र बर्की वितरण गरिको थियो कार्यक्रमको सहजीकरण कृषि प्राबिधिक चद्रीका थापाले गर्नु भएको थियो ।
प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार