रुन्टिगढी गाउँपालिका ७ न. वडा द्वारा जेष्ठनागरिक सम्मान्न तथा स्वास्थ्य विमा कार्यक्रम सम्पन्न ।

बिरेन्द्र घर्ती
रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर ७ द्वारा जेष्ठनागरिक सम्मान्न तथा जेष्ठनागरिक स्वास्थ्य विमा कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ७ र रुन्टिगढी गाउपालिका,को समोन्यमा आयोजना गरेको कार्यक्रममा ७० बर्ष माथिका जेष्ठनागरिक लाई सम्मान्न गर्दै प्रती व्यक्ति एक वटा फाइवर सिरक तथा उनिहरुको एक लाख बराबरको स्वास्थ्य विमा गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष जनक पुन ले ७० बर्ष माथिका जेष्ठनागरिक सम्मान्न गर्न पाउदा आफु खुशी भएको व्यक्त गर्नुभयो। हामिले हजुरहरुबाट धेरै कुरा सिक्न पाएका छौ , हजुरहरुले सिकाएकै मार्गदर्शनमा हिड्ने गरेका छौ , हजुरहरुले यो समाजमा गरेका योगदान ले आज हामी यहाँ सम्म आइपुगेका छौ उहाँले भन्नुभयो : अब तपाइहरु बुढेसकालमा सामान्य स्वास्थ्य समस्याका कारण दु:ख झेल्नु पर्दैन , स्वास्थ्य विमा बाटै उपचार हुनेछ ।

त्यस्तै वडा नम्बर ७ का अध्यक्ष टेकलाल पुन ले आफुहरु केही नौलो काम गर्ने सोचले जेष्ठनागरिक सम्मान्नका साथ साथै गाउँपालिका सङ्गको सहकार्यमा राप्ती विज्ञान प्रतिष्ठान घोराहिमा जेष्ठनागरिकहरुको स्वास्थ्य विमा गर्न सफल भएको बताउदै अब कुनै पनि जेष्ठनागरिकहरु उपचारबाट बन्चित नहुने बताउनु भएको छ । आफूले आफ्ना वडा वासी जेष्ठनागरिकलाई सम्मान्न तथा स्वास्थ्य विमा गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो , साथै उहाँ अन्य दिनहरुमा यस्ता थुपै नौलो कामहरु गर्ने समेत प्रतिवद्द गर्नुभएको भयो ।

उक्त कार्यक्रममा बोल्दै अन्य वक्ताहरुले समेत जेष्ठनागरिकहरुबाट धेरै कुरा सिकेको र आफुहरु त्यही सिकाइ बाट अगाडि बढेको र जेष्ठनागरिकहरूले थुपै योगदान गरेको बताएका थिय । कार्यक्रममा जेष्ठनागरिक ,शिक्षक , समाजसेवी , पुर्व जनप्रतिनिधि , राजनीतिक प्रतिनिधि र पत्रकारहरुको उपस्तिथिमा गरिएको थियो ।
