पुस २६ मा प्रधानमन्त्रीले विश्वासको मत लिने !
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ मा विश्वासको मत लिनुहुने भएको छ ।
प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेख्दै आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गर्नुभएको हो ।
नेकपा एमाले , नेकपा माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी , जनता समाजवादी पार्टी , जनमत पार्टी , नागरिक उन्मुक्ति पार्टी साथै केही स्वतन्त्र सांसदx? को समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।
मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।
प्रकाशित मिति : २०७९ पुष १९ गते मङ्गलवार