जन्मदर्ता विवाद पछि अध्यक्ष जनक पनु द्धारा सचिव माथि धम्की ।
बिरेन्द्र घर्ति
रोल्पाको रुन्टिगढि गाउँपालिका अध्यक्ष जनक पुन ले वडा न. ७ का इन्जिनियर तथा सचिव लाल बहादुर के.सि लाई जन्मदर्ता विवाद पछि धम्की दिएको जानकारी दिएका छन । वडा ७ का इन्जिनियर तथा सचिव लाल बहादुर के.सि ले विवादपछि संञ्चारक्रर्मि बिरेन्द्र घर्ति सगं कुराकानि गदै पौष १४ गते बिहीबार भएको जन्मदर्ताको विषयमा अध्यक्ष पुन ले आफुलाई काम गर्नुपर्ने त यहि त होला नि ? भन्दै धम्काएको बताएका छन ।
उनका अनुसार अध्यक्ष पुन,ले पहिले छोरीले बोर्डिङमा पढ्ने र अहिले सरकारी बिध्यालयमा रजिस्ट्रार फम भर्नुपर्ने भएको भन्दै पौष १२ गते वडा कार्यालय मै पुगि आफुलाई फसाउने नियत,ले काम गर्न लगाएको बताए ।
त्यस्तै पुन,ले छोरीको जन्मदर्ता बनाउनु अघि नै रुन्टीगढि गाउँपालिका पंञ्चीकरण शाखा,का प्रमुख धुर्व प्रकाश मल्ल संग छोरीको जन्मदर्ता बनाउन छ भनेर कुरा राखेका रहेछन र मल्ल,ले हजुरको छोरीको जन्मदर्ता पहिले नै बनिसके,कोे र पुनः बनाउन नमिल्ने साथै आवश्यक परेको खण्डमा प्रतिलिपि लिन सक्ने जानकारी दिएका रहेछ । तर अध्यक्ष जस्तो जिम्मेवार व्यक्क्ती बाट जानि जानि यस्तो गलत नियत,ले काम गर्न लगाईएको होला भन्ने मलाई थाहा भएन र मैले जन्मदर्ता बनाएर दिए उनले भने , अध्यक्ष पुन,ले आफनो छोरीको जन्मदर्ता पहिले २०६४/०३/२३ गते बनेको र पुनः नयाँ जन्मदर्ता २०६६/०३/२३ कोे गराउन लगाई २ बर्ष घटाएर २०७९/०९/१२ गते लगेको जानकारी दिए ।
हाल अध्यक्ष संगको विवाद पछि इन्जिनियर तथा वडा न. ७ का सचिव लाल बहादुर के.सि ले वडा सचिव,को जिम्मेवारी छाडेको समेत जानकारी दिएका छन । उक्त विवाद पछि यतिवेला अध्यक्ष जस्तो व्यक्ति बाट यस्तो गलत कार्य हुनु दुखःद रहेको भन्दै पुनको निकै चर्को आलोचना समेत भैरहेको छ ।