२०८० जेष्ठ १८ गते बिहिवार | 2023 June 1st Thursday

होलेरी बजार व्यवस्थापन समितिले बजार अनुगमन थाल्यो !

प्रेम क्षेत्री

रोल्पाको होलेरीमा बजार अनुगमन सुरु गरिएको छ । बजारलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले होलेरी बजार ब्यबस्थापन समितिको पहलमा मंगलबार होलेरी बजारबासी बुद्धिजीवी , ब्यापारी , पत्रकार , सुरक्षाकर्मीहरुको सहयोगमा बजार अनुगमन थालिएको हो ।

रोल्पाको चर्चित , एउटा ऐतिहासिकतासँग जोडिएको ठाउँ हो होलेरी बजार , भौगोलिक हिसाबले केही दुर्गम जस्तो देखिएतापनी ऐतिहासिक र यहाँका पर्यटकीय स्थल, रमणीय दृश्यसँगै पछिल्लो चरणमा सफल ब्यापारिक केन्द्र मानिन्छ । जहाँ भुगोलको अभावका कारण खचाखच बाक्लो बस्ती त्यसैमा अव्यवस्थित पशुपालनले यहाँको ब्यबस्थापन समितिलाई ब्यबस्थापन गर्न निकै सकस देखिन्छ ।

बजारकोबीच भागबाट घोराही होलेरी तिला थबाङ्ग हुँदै रुकुमसम्म जोडिएको सहिदमार्गमा सधैं सवारी चाप हुनेभएकाले सवारी दुर्घटनालाई रोक्न र यहाँको सौर्न्दर्यतालाइ संरक्षण गर्न बजारभित्र पर्ने रोडलाई अब्यबस्थित दंगले ब्यापारिहरुले प्रयोग गरेको हुँदा समितिले अनुगमन गर्न बाध्य भएको समितिका अध्यक्ष होम बहादुर यरिले बताए ।

उक्त अनुगमनपछि तत्काल बजार ब्यबस्थापन समिति अध्यक्ष होम बहादुर यरीको अध्यक्षतामा समिति परिवार राजनैतिक दलका प्रतिनिधिहरु , नेकपा एमाले प्रदेश सदस्य गोपाल डाँगी , समाजसेवी तथा नेपाली काङ्ग्रेस नेता देबेन्द्र बोहरा,महेन्द्र उमाबी बिबिस सदस्य तारा बहादुर डाँगी, उद्योग बाणिज्य संघ उपाध्यक्ष गोपाल श्रेष्ठ,प्रहरी साहेक निरीक्षक धरभरण गुप्ता ईप्रका होलेरी,पत्रकार मनोज पुन रेडियो होलेरी दिपक क्षेत्री रेडियो सुनछहरी,प्रेम क्षेत्री सिस्ने अनलाइन , न.प्र. जवान रुन्टीगढी गाउँपालिका प्रकाश बिकको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा सडक छेउछाउका ठेला ब्यबस्थापन, नाला संरक्षण, निजी पानीको एकीकृत , अस्थायी प्रहरी पोस्ट बन कार्यालयको नजिकमा रहेको हेल्थडेस्कमा सार्ने,पशु चौपायालाई सम्बन्धित निकायवालाहरुसँग परामर्श गर्ने , सार्वजनिक शौचालयलाई संरक्षण र ब्यबस्थित रुपले संचालन ल्याउने निर्णय गरिएकोछ ।

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस