२०८० जेष्ठ १८ गते बिहिवार | 2023 June 1st Thursday

रुन्टिगढिमा राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा दुई जेष्ठ नागरिकलाई सम्मान ।

बिरेन्द्र घर्ती रोल्पाको रुन्टिगढी गाउँपालिका ले राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ। हामी सबैको सरोकार जेष्ठ नागरिकको अधिकार , भन्ने मुल नाराकासाथ रुन्टीगढी गाउँपालिका ले जेष्ठ नागरिक मिलन केन्द्र भवनमा जेष्ठ नागरिकहरुका बिच राष्ट्रिय जेष्ट नागरिक दिवस मनाईएको हो ।

२०५१ साल पुस ११ गते जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको दिनलाई स्मरण गर्दै गएको बर्ष देखि राष्ट्रिय जेष्ट नागरिक दिवस मनाउन सुरु गरिएको हो । उक्त दिवसको अवसरमा दुई जेष्ठ नागरिकलाई खादा ओडाएर सम्मान गरिएको छ । सम्मानित हुने जेष्ठ नागरिकमा रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ का ८९ वर्षीय इन्द्र बहादुर गुरुङ र वडा नम्बर ९ कि ७७ वर्षिय भुमिसरा डागि रहनुभको छ ।

दिवसका अवसरमा बोल्ने बक्ताहरुले जेष्ठ नागरिक ज्ञान , सीप , अनुभव र प्रेरणाका पुञ्ज भएको भन्दै उहाहरुको सम्मान तथा सुरक्षा गर्नु सबै कर्तब्य भएको बताएका थिए । उक्त कार्यक्रम रुन्टीगढी गाउँपालिका महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा होलेरी रोल्पा ले आयोजना गरेको कार्यक्रमको अध्यक्षता रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन्ले गर्नुभएको थियो । कार्यक्रको स्वागत्त मन्तब्य जेष्ठ नागरिग मिलन केन्द्रका सचिब रुद्रमनि सुबेदीले दिनु भएको थियो ।

प्रकाशित मिति : २०७९ पुष १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस