२०८० जेष्ठ १८ गते बिहिवार | 2023 June 1st Thursday

रुन्टिगढीमा अनुमतिपत्र प्राप्त नगरेका अटो चालहरुको अटो प्रहरीको नियन्त्रणमा ।

बिरेन्द्र घर्ति

रोल्पाको रुन्टिगढी गाउँपालिका भित्र अनुमतिपत्र प्राप्त नगरी संचालन गर्दै आएका अटो व्यवसायीहरुको अटो ईलाका प्रहरी कार्यालय होलेरी ले नियन्त्रणमा लिएको छ ।

यात्रुहरुको समस्यालाई मध्यनजर गरि जिल्ला प्रहरी कार्यालय रोल्पाको निर्देशन अनुसार अनुमतिपत्र प्राप्त नगरी संचालन गर्दै आएका अटोहरु नियन्त्रण गर्नका लागि सूचना प्राप्त भएपछि अटोहरु नियन्त्रण गरि ईलाका प्रहरी कार्यालयमा राखिएको प्रहरी नायव निरीक्षक नारायण बहादुर जि.सि ले जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो : पहिलो दिन आइतबार जम्मा १३ वटा अटो नियन्त्रणमा लिएको छ , बाकी अनुमतीपत्र प्राप्त नगरेका अटो चालकहरुको अटो पाइएमा नियन्त्रणमा लिने समेत बताउनुभयो ।

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार
प्रतिक्रिया दिनुहोस