२०८० जेष्ठ १८ गते बिहिवार | 2023 June 1st Thursday

अग्निपीडित परिवारलाई रेड्क्रसद्वारा सामग्री वितरण !

नेपाल रेड्क्रस सोसाइटी होलेरी उपशाखाले रुन्टीगढी गाउँपालिका- ६ खाराका अग्निपीडित गनबहादुर दमाइको परिवारलाई गैरखाद्य राहत सामग्री वितरण गरेको छ । उपशाखाले शनिबार पीडित परिवारलाई सो सामग्री वितरण गरेको हो ।

नेपाल रेड्क्रस सोसाइटी होलेरी उपशाखाका संस्थापक सभापति देवेन्द्र बोहराले अग्निपीडित गनबहादुर दमाइलाई त्रिपाल, कम्मल, सर्ट पाइन्ट, पटुका,पेटिकोट, तन्ना, धोती, बटुका, थाल, डाडु, पन्यू लगायत गैरखाद्य राहत सामग्री हस्तान्तरण गरेको नेपाल रेड्क्रस सोसाइटी होलेरी उपशाखाका सभापति लक्षीराम थापाले जानकारी दिए ।

घरमा केटाकेटीले आगो खेलाउने क्रममा शुक्रबार बिहान घरमा आगलागी भएको थियो । आगलागीबाट घरमा भएका खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट जानकारी प्राप्त भएको छ ।त्यस्तै नेपाल रेड्क्रस सोसाइटी होलेरी उपशाखाले आगोबाट सजक र सचेत रहन सबैमा अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार
प्रतिक्रिया दिनुहोस