रोल्पाको होलेरीमा आँखा अस्पताल भवन बनाउन ७६ बर्षका वृद्ध द्वारा जग्गा दान ।

बिरेन्द्र घर्ती
रोल्पाको होलेरीमा आयोजना गरेको मोतियाविन्दुको छनोट शिवरमा आँखा जाच गराउन आउनु भएका रुन्टिगढी गाउँपालिका वडा नम्बर ६ सरिचर निवासी ७६ बर्षका वृद्ध आशाराम गिरि ले तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ लाई शाखा कार्यालय भवन बनाउन जग्गा दान गर्नुभएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ , जिल्ला सामुदायिक आँखा केन्द्र लिवाङ र नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाको आयोजना तथा स्थानीय संघसंस्थाहरुको सहयोगमा आयोजना गरिएको छनोट शिविर कार्यक्रममा गिरि ले जग्गा दान गर्नुभएको हो ।
उहाँका अनुसार उहाको श्रीमती लाई आखाको समस्या भएपछी दाङ आँखा अस्पतालमा उपचार गराउदा धेरै दु:ख भोग्नु परेको र त्यो आफुलाइ परेको दु:ख जस्तो अरु आखाको समस्या भएका बिरामिले भोग्न नपरोस भन्नका लागि आफ्नुले आँखा अस्पताल भवन बनाउन जग्गा दान गर्ने निर्णय गरेको बताउनु भयो ।
प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार