बिधुत कार्यालयको मनोमनी सेवाघ्राही मर्कामा !
बिरेन्द्र घर्ती
विधुत्त प्राधिकरण वितरण केन्द्र रोल्पाले त्रिवेणि गाउँपालिका वडा नम्बर ७ का विधुत्त सेवाग्राहीलाई मनोमानी महसुल लिएको सार्वजनिक भएको ।
त्रिवेणि गाउँपालिका वडा नम्बर ७ का दल बहादुर घर्ति,ले विधुत्त प्रयोग नगरी मिटर बक्स थन्काएको अवस्थामा एक्कासि ७४ हजार रुपैयाँको विधुत्त महसुल आयो र उक्त महसुल आएको स्थानीयहरुले जानकारी पाएपछि चर्को आलोचना भयो र आलोचना पछि निज ले अन्तिममा ३२ रुपैयाँ मात्र महसुल तिरेको स्थानिय गंगा चिन्तित बि.एम ले जानकारी दिनु भयो । त्यस्तै विधुत्त प्राधिकरण ले अन्य सेवाग्राहीहरुको समेत विधुत्त महसुल ७४ हजार देखि ३० हजार सम्म निकाल्ने र त्यसको आलोचना भए सङ्गै न्युनतम महसुल ल्याउने गरेको बि.एम ले बताउनु भयो ।
कोभिड_19 पछि त्रिवेणि गाउँपालिका वडा नम्बर ७ मा विधुत्त रिडिङ गर्न नआइ मनोमानि मिटर चढाउने , चर्को फाइन लगाउने , सेवा नै नदिइ महसुल लिने , लगाएतका समस्या बढेको र त्यहाँ स्थित नोलाइट विधुत्त वितरण केन्द्र बन्द भएसङ्गै यस्तो समस्या भएको वि.एम ले बताउनु भयो । उक्त नोलाइट वितरण केन्द्र हाल सम्म संचालन हुन भने सकेको छैन । त्यस प्रसात नेपाल विद्युत प्राधिकरणलाई बितरित सेवामा सहजता तथा जवाफदेहीता बनाउन त्रिवेणि गाउँपालिका वडा नम्बर ७ गैरिगाउमा गंगा चिन्तित वि.एम को संयोजकतामा ९ सदस्यीयहरु पुर्ण बहादुर वली – सदस्य-तिला , राजकुमार डाँगी- सातधारा , दुर्गालाल परियार- दर्भै,दुम्ला , निम बहादुर डाँगी – धोरेणी , भिम कुमारी पुन- तितिम , दिनेश डाँगी – रिचि , दिपेन्द्र बुढा – तिला , कबिराम बि.क. तिला , तदर्थ समितिम गठन गरिएको छ ।
उक्त समितिले आउने दिनहरुमा प्रत्यक घरमा रिडिङ गर्न नगए र तोकिएको समयमा नोलाइट सेवा खुला संचालन नगरे चरण बद्ध आन्दोलन गर्ने समितीका संयोजक गंगा चिन्तित ले जानकारी दिनुभयो ।
उक्त बिषयमा बिरेन्द्र घर्ति , ले फोन मार्फत जिल्ला विधुत्त वितरण केन्द्र का प्रमुख शम्भु प्रसाद मण्डल सङ्ग गरेको कुराकानी :
. बिरेन्द्र घर्ती : त्रिवेणि गाउँपालिका वडा नम्बर ७ मा मनोमानी ढङ्गले विधुत्त महशुल लिएको र ७० हजार देखि ३० हजार सम्म विधुत्त महसुल आएको भनेको कुरा के हो सर ? .
शम्भु प्रसाद मण्डल : हामिलाइ हाल सम्म त्यस बारे कुनै जानकारी छैन , यदि कसैले जानकारी र गुनासो गरे छानबिन गर्छौ ।
.बिरेन्द्र घर्ती : त्यहा स्थित रहेको नोलाइटको कार्यालय कोभिड-19 पछि बन्द अबस्थामा रहेछ कहिले देखि संचालन गर्नुहुन्छ ?
.शम्भु प्रसाद मण्डल : त्यहा स्थित रहेको कार्यालय बन्द अबस्थामा छैन , त्यहा १ जना कर्मचारी हुनुन्छ र उहाले नै हेर्ने गर्नुहुन्छ , काउन्टर चाहिँ बन्द छ ।
. बिरेन्द्र घर्ती : बन्द रहेको काउन्टर अब कहिले देखि संचालन गर्नुहुन्छ ?
. शम्भु प्रसाद मण्डल : हामिले कोभिड-19 पछि कर्मचारी अपुग भएको कारण बन्द गरेका हौ , अब हामी यहि महिना भित्र संचालन गर्छौ ।
. बिरेन्द्र घर्ती : त्यहा तपाइको मिटर रिडिङ गर्ने कर्मचारी नै हुनुन्न ? यो काम कस्ले गर्छ ? .
शम्भु प्रसाद मण्डल : त्यहा १ जना कर्मचारी अनिवार्य हुनुन्छ , उहाले नै हेर्ने गर्नुहुन्छ , तर उहाको बिषय हाल सम्म त्यस्तो कुनै गुनासो आएको छैन ।