२०८१ मङ्सिर २४ गते मङ्गलवार | 2024 December 10th Tuesday

सल्यानमा पुस १३ देखि महाेत्सव संचालन हुँदै !

सल्यानकाे श्रीनगरमा बृहत कृषि तथा सांस्कृतिक महाेत्सव संचालन हुने भएकाे छ , नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा यही पुस १३ गतेदेखी २३ गतेसम्म १० दिन बृहत सल्यान लघु घरेलु उद्योग, कृषि, पशु, पर्यटन तथा साँस्कृतिक महोत्सव सञ्चालन गरिने भएको हो ।

महाेत्सवकाे मुल नारा उद्योग गरौं , उद्यमी बनौं , देश बिकासमा टेवा पुर्याऔँ , मेहनत , सृजना , उत्पादन र बस्तु मेरै नेपालको भन्ने राखिएकाे छ , महाेत्सवकाे बारेमा जानकारी दिन शनिबार श्रीनगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरिएकाे थियाे ।

महोत्सवमा २ सयभन्दा बढी स्टलहरु राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ सल्यानका अध्यक्ष प्रेम बहादुर डाँगीले बताए , उनकाअनुसार कर्णाली प्रदेशका विभिन्न कृषि उत्पादन सामाग्री घरेलु उद्याेगबाट उत्पादित समाग्रीहरु महाेत्सवमा राखिने छ ।

महाेत्सवमा स्थानीय तथा राष्ट्रिय स्थरका कलाकारहरुकाे सहभागीता रहने र बाल उद्यान , पिङ , लगाएतका मनाेरन्जनात्मक बस्तु राखिने प्रचार प्रसार समितिका संयाेजक सुमननाथ याेगीले बताए , उनकाअनुसार महोत्सवमा दैनिक १० लाख बढीको प्रत्यक्ष र ५ लाख बढीको अप्रत्यक्ष रुपमा कारोबार हुनेछ ।

महोत्व अवधिभर करिब ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाइ छ ।

प्रकाशित मिति : २०७९ पुष ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस