जिल्ला,ले गरेको कारबाही मान्दैन र नेपाली काग्रेंस पनि छोड्दैन : देबेन्द्र बोहोरा
बिरेन्द्र घर्ति
नेपाली काग्रेंस रुन्टिगढी गाउँपालिका , का प्रभावसाली नेता देवेन्द्र बोहोराले सामुदायिक रेडियो सुनछहरी एफ.एम १०१.५ मेगाहर्ज को कार्यक्रम जनसरोकारमा जिल्ला , ले गरेको कारबाही नमान्ने बताउनु भएको छ ।
नेपाली काग्रेंस जिल्ला कार्यसमिति,ले मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा को निर्वाचनमा प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ ख मा लोकतान्त्रिक वाम-गठबन्धन दलका साझा उम्मेदवार अमरसिंह पुन मगर र गठबन्धन दलकै विरुद्धमा प्रचार प्रचार गरि पार्टिको हित विपरीत काम गरेको भन्दै नेपाली काग्रेंसको सदस्य समेत नरहने गरि बोहोरा लाई कार्बाही गरेको थियो ।उक्त कार्वाही नियम विपरित भएको उहाँले बताउनु भयो।
उहाले भन्नुभयो : रुन्टिगढी गाउँपालिका वडा ६ पार्टी कार्यालय ले देवेन्द्र बोहराले यहाँ यो यो गल्ती गर्यो भनी सिफारिस गरि क्षेत्रमा पठाएको खण्डमा र क्षेत्र ले प्रदेश हुँदै केन्द्रमा पठाइ सदस्य खारेज भएमा मात्र नियम अनुसार हुन्छ । उहाले कार्यक्रमको अन्त्यमा यो कारबाही सुयुक्त नेपाली काग्रेंस जिल्ला कार्य समितीको नभै केही ब्यक्तिहरुले मात्र गरेको बताउनु भयो ।