रोल्पाको सुन्तलाले बजार नपाएपछि किसानहरु सडकको छेउमा बसेर बेच्न बाध्य ।
रोल्पाको त्रवेणि गाउँपालिका वडा नम्बर १ सिरिवाली कि भिम कुमारी बुढा दैनिक २/४ बोरा सुन्तला लिएर रोल्पाको दोस्रो व्यापारीक केन्द्र होलेरी बजारमा आउनुहुन्छ । घरबाट सड्क सम्म आउन करिव आदि घण्टा लाग्छ र सड्कबाट बस चडेर यता होलेरी सम्म आउन करि २ घन्टा लाग्दछ ।
दिनभरी सुन्तला बेचेर बेलुका होटल मै बसेर बाकी सुन्तला २ /४ दिनमा बेचेर उहाँ घर फर्किनु हुन्छ । घर फर्कदा उहीँ गाडी र आदि घण्टाको पैदल हिड्नुपर्छ र आवत जावतमा होटलमा खाना खाएको पैसा तिर्दा उहाले सुन्तला वेचेको पैसा आदि जति खर्चिसकेको उहाँ बताउनु हुन्छ ।
उहाँको सुन्तला ले यतिकै बजार पाएको छन , झन गाडी भाडा , होटेलमा खाना खाएको पैसातिर्दा त झनै उहाँको सुन्तला ले बजार नपाएको पुष्टि हुन्छ । उहाँ भन्न्नुहुन्छ : स्थानीय सरकारले हाम्रो सुन्तलाको बजारी कारण गर्नमा कुनै चासो देखाएको छन र हामी सड्को छेउमा बसेर बेच्न बाध्य भएका छौ ।