२०८० जेष्ठ १८ गते बिहिवार | 2023 June 1st Thursday

रोल्पामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु र १ जना घाइते ।

रोल्पा , रोल्पा नगरपालिका वडा न. ५ भैसिकुटी स्थित कच्ची सडक खण्डमा बाझबाङबाट जिल्ला प्युठान जिल्ला किमिचौर बजारतर्फ सामान लिन जाँदै गरेको लु. ०१ च. ५४६४ न . को बोलेरो जीप अचानक अनियन्त्रित भई बाटो भन्दा अन्दाजि २०० मिटर तल खोलामा खसी सवारी दुर्घटना हुँदा सवारी चालक रोल्पा नगरपालिका वडा न. ५ बाझबाङ बस्ने ३६ वर्षका निलेश कवरको घटनास्थलमा नै मृत्यु भएको छ ।

सोही गाडिमा सवार रहेका मृतकको छोरा ११ वर्षका  प्रताप कवरको शरीर,टाउको लगायत विभिन्न भागमा गम्भीर चोट लागेकोले निज घाईतेलाई उपचारको लागि प्यूठान तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रहरीको अनुसार गाडि पुर्ण रुपमा क्षति ग्रस्त भएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस