मेरो एजेन्डा अमरसिंह पुन लाई चुनाव हराउने थियो : सिजल पुन ।
रोल्पा, बिरेन्द्र घर्ती
मङ्सिर ४ मा समापन भएको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा प्रदेश सभा तर्फ रोल्पा प्रदेश सभा ( ख ) मा विजय हुनुभएका स्वतन्त्र उम्मेदवार मान्य दिपेन्द्र कुमार पुन ( सिजल ) ले जनता सङ्ग आफुले नेपाली काग्रेस लुम्बिनी प्रदेश सभापति एवम रोल्पा प्रदेश सभा ( ख ) गठबन्धन दलका साझा उम्मेदवार अमरसिंह पुन मगर लाई चुनाव हराउने एजेन्डा लिएर आफू जनता माझ गएको बताउनु भएको छ ।
रोल्पाको होलेरीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । म कार्यक्रममा भन्दा काम मा बढी केन्द्रीत भएको र गाउँ गाउँ पुग्न नसक्ने बताउदै , चुनावमा परिचालन भएका अगुवा कार्यकर्ता सङ्ग भेटघाट गरि सम्पुर्ण मतदातालाई धन्यवाद ज्ञापन गर्नुभएको गर्नुभएको छ ।
कार्यक्रममा उपस्तिथि अगुवा कार्यकताले आफ्नो आफ्नो वडाहरुको समस्या बिशेष विधुत्त , स्वास्थ्य ,शिक्षा ,पानी र सडक हरुको समस्या दर्शायका थिए । उनिहरुको समस्या सुनिसकेपछी मङ्सिर ४ मा रोल्पा प्रदेश सभा ख मा निर्वाचित मान्य दिपेन्द्र कुमार पुन ( सिजल ) ले यी समस्याको समाधान छिटै पूरा गर्ने प्रतिबद्ध गर्दै कुनै चिन्ता नलिन समेत जनतालाई आग्रह गर्नुभएको छ ।