२०८० जेष्ठ १८ गते बिहिवार | 2023 June 1st Thursday

तुलसीपुर वाणिज्य संघको चेतावनी “मेला स्थलमै प्रवेश गरेर बिथोल्छौ

तुलसीपुर उद्योगवाणिज्य संघले मेला बिथोल्ने चेतावनी दिएको छ । तुलसीपुरमा साँझपख पत्रकार सम्मेलनको आयोजना गरेर संघका अध्यक्ष चालिसेले अवैधानिक रुपमा सञ्चालन हुन लागेको मेलालाई कुनै पनि हालतमा रोक्ने बताउनुभयो ।   एकमहिना अघिदेखि व्यवसायीहरूको तर्फबाट आफूहरूले गरेको आग्रहलाई यूथ्स अफ क्लब तुलसीपुर र ठेकदारले अटेर गरेर मेला सञ्चालन गर्न लागेको बताउँदै जबरजस्ती रुपमा सञ्चालन गर्न खोजे  मेला स्थलमै प्रवेश गरेर बिथोल्ने अध्यक्ष चालिसेले बताउनुभयो  ।

“एउटा क्लबले विना उद्देश्य व्यवसायीहरूको भावना विपरित मेला सञ्चालन गर्दै छ । त्यो हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन् । हामीले नो मेलाको अवधारना अघि सारेका छौ । हामी माथि दमन गर्दै अघि बढ्ने हो भने हामी चुप लागेर बस्दैनौ । मेला स्थलमा प्रवेश गर्छौ र बन्द गछौ ।” महासचिव बिनील केसीले भन्नुभयो ।

बजार बन्द निरन्तर रुपमा अघि बढ्ने बताउँदै महासचिव केसीले स्थानीय सरकार, जिल्ला प्रशासनले समेत मेला बन्द गर्न निर्देशन दिइसकेका बेला मेलाको कुनै औचित्य नभएको र  प्रचार प्रसारको गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो ।

यता मेला आयोजक संस्था युथ्स अफ क्लब तुलसीपुरका अध्यक्ष अरुण लहरेले मंसिर १५ गतेदेखि २६ गतेसम्म प्रथम लुम्बिनी, पर्यटन तथा व्यापारिक महोत्सव सञ्चालन गर्ने दाबी गर्दै कसैले पनि रोक्न नसक्ने बताउनुभयो । आफूहरूले मेला सञ्चालनका लागि स्थानीय सरकारबाट स्वीकृति लिएको अध्यक्ष लहरेले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस